• नविनतम् कृषि प्रविधि प्रसारको लागि आवश्यक कृषि प्रसार शैक्षिक कृयाकलापहरु संचालन गर्ने,
  • प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायीहरुको लागि कृषि सम्बन्धि विशिष्टिकृत ज्ञान शीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने,
  • स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने,
  • प्रादेशिक प्रयोगशालाहरुसंगको प्राविधिक सहकार्यमा माटो, मल, बाली संरक्षण र बीउविजन परीक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा प्रदान गर्ने,
  • प्रदेश सरकार मार्फत संचालन हुने कृषि विकास तथा कृषि व्यवसाय प्रवर्द्धनका कार्यक्रमहरु कार्यान्वयन एवं सहजिकरण गर्ने,
  • आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण एवं संवर्द्धन गर्ने,
  • स्थानीय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेसन परिक्षणहरु सञ्चालन गर्ने,
  • जिल्ला तथा स्थानीय स्तरमा बीउविजन तथा नर्सरीको श्रोत केन्द्रहरुको विकास गर्ने,
  • स्थानीय तहसंगको समन्वय र सहकार्यमा नियमित रुपमा जिल्लाको समग्र कृषि वस्तुस्थिति सम्बन्धि तथ्याङ्क, सूचन संकलन तथा अद्यावधिक गरी अभिलेखिकरण गर्ने,
  • नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल (Outreach Site) को रुपमा कार्य गर्ने,
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा प्रदान गर्ने,
  • एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली वस्तुहरुको विकास एवं प्रवर्द्धनको लागि योजना तर्जुमा, मूल्य अभिवृद्धि श्रंखला विकास गरी कार्यान्वयन तथा समन्वय गर्ने,
  • आफ्नो कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय संचालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने,
  • किसान कल सेन्टर सञ्चालन गर्ने,
  • समग्र कृषि विकासको विषयमा संघ, प्रदेश र स्थानीय तहबीच पुलको काम गर्ने ।